शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक अर्कालाई किन नग्न तस्बिर पठाइरहेछन् युवतीहरु ?

सोमबार, ३० असोज २०७४, १७ : ३५
सोमबार, ३० असोज २०७४

बीबीसी
गीतको फोन अचानक भाइब्रेट हुन्छ । उनी स्वाइप गर्छिन् र एक फोटो अचानक उनको ह्वाट्सएपमा चम्किन्छ ।

यो एक क्लासिक मिरर सेल्फी हो जुन उनकी साथीले उनलाई पठाएकी छिन् । तर यो साधारण सेल्फी होइन, एक नग्न फोटो हो । गीता सेल्फी हेरेर हाँस्छिन् र त्यसलाई इमोजी पठाएर रिएक्ट गर्छिन् ।

यदि यो पढेर तपाईं सोचिरहनुभएको छ कि गीता र उनकी साथीबिच कुनै शारिरिक सम्बन्ध छ भने तपाईंलाई भनिहालौं कि त्यस्तो केही पनि छैन । उनीहरु असल साथीमात्र हुन् । तर हप्तामा थुप्रै पटक उनीहरु एकअर्कालाई नग्न सेल्फी पठाउँछन् ।

२७ वर्षीया गीता भन्छिन्, ‘जब म सिंगल थिएँ तब मैले पहिलो पटक यस्तो गरें ।’

उनी भन्छिन्, ‘मसँग यस्ता कोही पनि थिएनन् जसलाई म नग्न सेल्फी पठाउन सकूँ । यस्तो गरेर म आफ्नो साथीलाई यतिमात्र भन्न चाहन्थें कि बिना कपडा म कति सुन्दर देखिन्छु । पछि यो ठट्टाको रुपमा सुरु भयो । म उनलाई साधारण सेल्फी पनि पठाउँछु तर थुप्रै पटक यस्ता सेल्फी पठाउँछु जसमा स्तन देखिएको हुन्छ । यो देखेर हामी हाँस्छौं ।’

तर यस्तो गर्नेमा गीता र उनकी साथी मात्र होइनन् ।

२७ वर्षीया फेशन फोटोग्राफर डेजी वाकरका अनुसार न्यूड सेल्फी आत्मविश्वास बढाउने एक तरिका हो ।

‘यसले मलाई त्यो सोच र बन्धनबाट स्वतन्त्र हुन मद्दत गर्दछ जसलाई समाजले सुन्दर महिला भनी तोकेको छ । यसले मलाई आफूलाई नै स्विकार गर्न सहयोग गर्दछ । अब म यो यस्तो स्थानमा छु जहाँ मलाई यो कुराको वास्ता छैन कि मानिसहरुले मलाई राम्रो भन्छन् कि भन्दैनन् । म आफूलाई नग्न देखेर गर्व महसुस गर्दछु । ’

डेजीले ह्वाट्सएपमा आफ्नो महिला मित्रको एक समूह बनाएको छ जहाँ उनीहरु आफ्ना नग्न तस्बिर साझा गर्ने गर्दछन् ।

यो समूहको एक सदस्य पोपी भन्छिन्, ‘मेरो मोबाइलमा मेरा साथीहरुले पठाएका अनगिन्ति नग्न तस्बिर छन् । यो एक अर्कासँग आफ्नो शारिरिक सुन्दरतालाई साझा गर्ने एक तरिका हो । तपाईं यसलाई एक कलाको रुपमा पनि हेर्न सक्नुहुन्छ वा ठट्यौलीको रुपमा ।’

यद्यपी, यो सधैं जोखिमयुक्त हुन्छ भन्ने कुरालाई अस्विकार गर्न सकिँदैन । यदि तपाईंले पठाएको नग्न तस्बिर कुनै गलत व्यक्तिसम्म पुग्यो भने के होला ?

गिता भन्छिन्, ‘मैले यसबारे पनि सोचेकी छु तर मलाई आफ्नो साथीप्रति पूर्ण विश्वास छ । यदि मेरो नग्न तस्बिर सार्वजनिक भयो भने पनि मलाई केही फरक पर्दैन । मेरो लागि यो सिर्फ एक शरिर हो र सेल्फी सिर्फ एक फोटो जसलाई मैले एक सशक्त तरिकाले खिचेकी छु । यद्यपी, मेरा केही साथीहरु पनि छन् जो थोरै डराउँछन् पनि र जुन फोटो सेयर गर्दछन् त्यसमा आफ्नो अनुहार क्रप गर्छन् ।’

एमा रोज एक सोसल मिडिया एक्सपर्ट र युनिभर्सिटी अफ नर्थम्पटनमा प्राध्यापक छिन् ।

उनका अनुसार महिलाले एक अर्कालाई यस्तो प्रकारको नग्न तस्बिर पठाउने त्यो ‘परफेक्ट’ फिमेल बडीको कन्सेप्टलाई नकार्नु हो । उदाहरणका लागि सुपर स्किनी र एयरब्रश्ड इमेजलाई  नै विज्ञापन र परम्परागत मिडियामा सुन्दरताको रुपमा पेश गरिन्छ ।

इन्स्टाग्राममा ‘बडी पोजिटिभिटी’ मुभमेन्ट पनि केही यस्तै प्रकारको थियो । जसमा हरेक बढि सेपको सम्मान गरिनुपर्ने सन्देश दिइएको थियो ।

महिलाका साथै पुरुषबिच पनि यो ट्रेन्ड प्रचलनमा आएको छ ।

२० वर्षका नाओम भन्छन्, ‘मलाई लाग्छ कि यो निकै रोचक कुरा हो । उनी आफू पनि आफ्नो गुप्ताङ्गको तस्बिर आफ्ना साथीहरुलाई पठाउँछन् ।’ यद्यपी, उनका अनुसार उनी यस्ता तस्बिर ती व्यक्तिलाई मात्र पठाउँछन् जसले यसलाई ठट्यौलीको रुपमा लिने गर्दछन् ।

 यस सन्दर्भमा गीताका अनुसार नग्न शरिरलाई सधैं सेक्सको हिसाबले मात्र हेरिनु हुँदैन । यो सेल्फी एक तरिकाले विरोध दर्ता गराएको जस्तो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप