बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विजय गच्छदार पार्टीबाट निष्काशित

सोमबार, ३० असोज २०७४, १७ : २९
सोमबार, ३० असोज २०७४

काठमाडौं–नेपाल लोकतान्त्रिक फोरमका अधिकाश केन्द्रिय सदस्यहरुले काँग्रेसमा सहभागि नहुने बताएका छन् । उनीहरुले कांग्रेसमा लागेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई निष्काशनको घोषणा पनि गरेका छन् । 

रिपोर्टर्स क्लब नेपालमा, नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारुले यस्तो बताएका हुन्। 

सह–अध्यक्ष शिवलाल थापाले भने,‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ति सबै हल्ला हुन, हामी यहि पार्टीबाट कानुनले दिएसम्म चुनाव लड्छौँ, यदि मिलेन भने स्वतन्त्र मैदानमा उत्रिन्छौँ।’

मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि हाम्रो पार्टी रहिरहने भन्दै थापाले भने,‘गच्छदारले पार्टीको नियम, निती, निर्देशन, विपरित काम गर्नु भएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका छौँ।’

पार्टीले जारि गरिएको विज्ञप्तीमा भनिएको छ,‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंक्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ।’ 

अध्यक्ष अध्यक्ष विजयकुमार गच्छदारले काँग्रेससँग पार्टी एकीकरण गरेको भनिएपनि त्यही पार्टीमा रहेका नेताहरुले एकीकरण नभएको बताएका छन् । 

केहि पहिले  लोकतान्त्रिक फोरमसँग एकीकरण गरेका दलका नेताहरुले काँग्रेससँग एकीकरण नगर्ने निर्णय गरेका छन् । 

लोकतान्त्रिक फोरमसँग एकीकरण गरेका थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु चौधरीले काँग्रेससँग लोकतान्त्रिक फोरमको एकीकरण नभएको दाबी गर्दै  गच्छदार लगायत केहि नेतामात्रै सो पार्टीमा  प्रवेश गरेको दाबी गरे । 

उनले भने, लोकतान्त्रिक फोरमले काँग्रेससँग एकीकरण गरेको होइन, यस पार्टीका अध्यक्ष गच्छदारलगायत केही नेताहरु प्रवेश गरेका हुन् ।’
३४४ केन्द्रीय सदस्यमध्ये दुईसय भन्दा बढी केन्द्रीय सदस्यहरु आफूहरुसँग रहेको दावी गर्दै उनले चारजना सहअध्यक्षमध्ये सबैजना आफूहरुसँग रहेको समेत दावी गरे ।

चारजना महामन्त्रीमध्ये तीनजना र २२ जना उपाध्यक्षमध्ये १३ जना आफूहरुसँग रहेको दावी उनको छ ।
उनले भने, पार्टी एकीकरण गर्दा दलमा कुनै सल्लाह गर्नुभएको छैन, उहाँले आफ्नो लागि मात्र पार्टी एकीकरण गर्नुभएको छ, जसमा हाम्रो सहमति छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप