बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

आइतबार, ०९ जेठ २०७८, २२ : ३६
आइतबार, ०९ जेठ २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले  स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ट रुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४  प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो ।  प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए । “उहाँहरुलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ”, उनले भने ।

बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाइँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप