३५ अस्पतालमा आईसीयू भेन्टिलेटर र अक्सिजन प्लान्ट जडान गर्न २ अर्ब ९३ करोड विनियोजन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा रहेका अस्पतालका लागि २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ । आईसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा ट्यांक थप गर्नका लागि बजेट विनियोजन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका हुन् । देशभरका ३५ अस्पतालमा लागि ३ सय ६० आईसीयू, १ सय ८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांक बनाउनका लागि बजेट बिनियोजन गरिएको डा. गौतमले बताए ।
कुन–कुन अस्पतालमा कति बजेट बिनियोजन ?
१.कोशी अस्पताल विराटनगरमा —६ करोड ८० लाख
२.वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान—१८ करोड ८० लाख
३.गजेन्द्र नारायणसिंह अस्पताल— ३ करोड ८० लाख
४.नारायणी अस्पताल विरगञ्ज— ९ करोड ८० लाख
५.भरतपुर अस्पताल— ९ करोड ८० लाख
६.प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली— ६ करोड ८० लाख
७.धुलिखेल अस्पताल— ६ करोड ८० लाख
८.वीर अस्पताल— ३० करोड ८० लाख
९.गंगालाल अस्पताल—८० लाख
१०.राष्ट्रिय ट्रमा सेन्टर— ९ करोड
११.मनमोहन कार्डियोभाष्कुलर तथा थोरासिक सेन्टर— ८० लाख
१२.नेपाल प्रहरी अस्पताल—९ करोड ८० लाख
१३.सशस्त्र प्रहरी अस्पताल— ९ करोड ८० लाख
१४.शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल— ३ करोड
१५.वीरेन्द्र अस्पताल छाउनी— ९ करोड
१६.निजामती कर्मचारी अस्पताल— ६ करोड ८० लाख
१७.कान्ति बाल अस्पताल— ६ करोड ८० लाख
१८.पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान— १२ करोड ८० लाख
१९.त्रिवि शिक्षण अस्पताल— १२ करोड
२०.चितवनको भरतपुर अस्पताल— ८० लाख
२१.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान— ९ करोड ८० लाख
२२.जीपी कोइराला श्वासप्रश्वास अस्पताल— ९ करोड
२३.राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान— ९ करोड
२४.भेरी अस्पताल—१५ करोड
२५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान— ८० लाख
२६.डडेल्धुरा अस्पताल— ६ करोड ८० लाख
२७.मेची अस्पताल— ९ करोड
२८.प्रादेशिक अस्पताल जनकपुर— ९ करोड ८० लाख
२९.भक्तपुर अस्पताल— ३ करोड ८० लाख
३०.बागलुङ अस्पताल— ३ करोड
३१.भिम अस्पताल भैरहवा— ३ करोड ८० लाख
३२.लुम्बिनी प्रादेशिक अस्पताल— ९ करोड ८० लाख
३३.सुर्खेत प्रादेशिक अस्पताल—१२ करोड ८० लाख
३४.सेती प्रादेशिक अस्पताल— ६ करोड ८० लाख
३५.महाकाली अस्पताल कञ्चनपुरमा ९ करोड ८० लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भद्रपुर झापा गोल्डकप: आयोजक ब्लेजर्स सेमिफाइनलमा
-
माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि
-
विदेशमा अध्ययन पूरा नसकेर फर्केका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालयले पढाउने
-
पृतनापति समन्वयात्मक बैठक : के–के भयो छलफल ?
-
लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु
-
नवराजपुर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग