बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गच्छदार-निधि : एउटै खोरका दुई बाघ, कस्तो रहला अबको सम्बन्ध ?

सोमबार, ३० असोज २०७४, १६ : ३४
सोमबार, ३० असोज २०७४

काठमाडौं –विजयकुमार गच्छदार नेपाली काँग्रेसमा प्रवेश गरेसँगै विमलेन्द्र निधिसँगको सम्बन्धको बारेमा चर्चा शुरु भएको छ ।

नेपाली काँग्रेसमा मधेशका मुख्य नेताको रुपमा चिनिएका विमलेन्द्र निधिको ‘पोजिशन’ के हुने हो ? चर्चामा यहीँ प्रश्न छ । 

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको मार्यादाक्रमका लागि कमल थापासँग जुधेका विमलेन्द्र निधि अब आफ्नै पार्टीमामा जुध्नुपर्ने अवस्था आउँदैछ । गच्छदारको घर फर्काई ढिलाईमा नीधि फ्याक्टरले काम गरेको थियो । किनभने उनको असोजको पहिलो हप्ता नै नेपाली काँग्रेससँग एकीकरण गर्ने तयारी थियो । तर, निधिकै कारण ढिलो भयो र सोमवार मात्र एकताले मूर्त रुप लियो । 

स्रोतका अनुसार शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिको जिम्मेवारी दिन तयार भएपनि निधिले मानेका थिएनन् । अहिले काँग्रेस पार्टीमा सभापति र कोषाध्यक्ष बाहेक अरु कुनै पनि पद बाँडफाँड भएको छैन । उपसभापतिको दावेदार निधि रहेको बताइन्छ ।

उपसभापतिको दावेदार भएको कारण शेरबहादुर देउवाको अनुपस्थितिमा पार्टीको कार्यवाहक सभापति समेत भइसकेका निधि गच्छदारलाई उपसभापतिमा स्वीकार गर्न चाहेका थिएनन् । कुनै पनि बाँडफाँड नभएको अवस्थामा गच्छदारलाई अहिले नै पार्टीको उपसभापति दिने सहमति हुँदा पछि समस्या हुने धारणा नीधिले देउवासँग राख्दै आएको पार्टी निकट स्रोतहरुले जनाएका छन । 

अहिले पार्टीमा प्रवेश गराएर पछि पद बाँडफाँड गर्दा पदाधिकारीमा राख्ने वा समानजनक जिम्मेवारी दिने भन्ने यकिन सहमति गर्नुपर्ने निधिको धारणा थियो । तर, वाम एकताले पिरोलिएका शेरबहादुर देउवाले जसरी पनि गच्छदारलाई भित्र्याउने अडान लिएर भित्र्याएको स्रोतहरुको दावी छ ।

गच्छदार र निधिलाई समान जिम्मेवारी दिने देउवाले प्रतिवद्धता जनाएका छन् । पार्टीको विधान संशोधन गरि उपसभापति तथा महामन्त्रीको सँख्या थपेर भएपनि यी दुई नेताालाई व्यवस्थापन गर्ने तयारी देउवाको छ ।

देउवाले जति प्रतिवद्धता जनाएपनि निधि कन्भिन्स नभएको स्रोतको दावी छ । निधि कार्यक्रममा पनि ढिला पुगेका थिए, जसले उनीहरुवीच केही न केही मनमुटावको संकेत दिएको छ । 

अन्य सामाग्री

‘पार्टी एकीकरण भएको होइन, गच्छदार काँग्रेस प्रवेश गरेका हुन्ः असन्तुष्ट पक्ष

यस्तो छ कांग्रेस र लोकतान्त्रिक फोरमबीच भएको समझदारी (पूर्णपाठ)

कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकता घोषणा

प्रधानमन्त्रीसँगै बालुवाटारमा देखिए गुण्डा नाइके गणेश लामा (तस्बिरसहित)

१२ तस्विरमा हेर्नुहोस् काङ्ग्रेस र गच्छदारको ‘भावुक’ पुनर्मिलन

राजनीतिमा जे पनि गर्न सक्ने यस्तो छ गच्छदारको विगत

विगतमा पनि यी दुई नेताको बीचमा राम्रो सम्बन्ध थिएनन् । गच्छदार हुँदासम्म विमलेन्द्र निधिको पार्टीमा चल्दैन्थ्यो । देउवा खेमाकै गच्छदार सो पार्टी छाडेर मधेशी जनअधिकार फोरममा गएपछि विमलेन्द्र निधि देउवा गुटमा बलियो भएका हुन् । 

अब, यी दुईजना बीच अगामी दिनमा कस्तो सम्बन्ध रहने हो त्यो हेर्न भने बाँकी छ । पार्टी एकता बेला बालुवाटारमा देखिएको अंकमाल कतिदिने टिक्ने हो, यकिन भन्न सकिन्न । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप