शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु

आइतबार, ०९ जेठ २०७८, १७ : ५३
आइतबार, ०९ जेठ २०७८

गण्डकी प्रदेशमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । 
उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारका क्रममा मृत्यु हुनेहरुमा सबैभन्दा धेरै कास्की र स्याङजामा ४/४ जना रहेका छन् ।

त्यसैगरी म्याग्दीमा ३,गोरखा २,तनहुँ १,नवलपरासी पूर्व १, लमजुङ १ र पर्वतमा १ जना रहेका छन् । मृत्यु हुनेमा पोखरा–५ का ४६ वर्षीय पुरुष, पोखरा–१० का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी गोरखा सिरानचोक–२ की ५९ वर्षीय महिला, सिरानचोक–२ का ८२ वर्षीय पुरुष, स्याङजा गल्याङ–११ का ३५ वर्षीय पुरुष, गल्याङ–३ का ३६ वर्षीय पुरुष,स्याङजा भिरकोट–४ की ८० वर्षीय महिला,पुतलिबजार–८ का ८३ वर्षीय महिला रहेका छन् । 

त्यस्तै म्याग्दी बेनी–६ की ६१ वर्षीय महिला, बेनी–७ की ७४ वर्षीय महिला, बेनी–९ की ९० वर्षीय महिला, पर्वत पयौं –४ का ६० वर्षीय पुरुष, नवलपरासी पूर्व कावासोती–८ की ८४ वर्षीय महिलाको मृत्यु भएको छ ।  यस्तै तनहुँ भिमाद–६ की ५४ वर्षीय महिला, लमजुङ बेशीसहर–१ का ६२ वर्षीय पुरुष, सिन्धुपाल्चोक पिपलगाउँ–८ की ३५ वर्षीय महिला र भारतको गोरखपुरकी ६४ वर्षीय महिलाको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । 
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३१ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप