शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा नेपाल आइडल बुद्धको यस्तो प्रस्तुति

सोमबार, ३० असोज २०७४, १६ : २२
सोमबार, ३० असोज २०७४

पोखरा – नेपाल आइडल भएपछि बुद्ध लामा पहिलो पटक गृहनगर पोखरमा प्रस्तुत भएका छन् । शनिबार साँझ ४ बजेदेखि पोखराको नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा आयोजित ‘लाइभ कन्सर्ट’मा उनी धमाकेदार प्रस्तुति सहित प्रस्तुत भएका हुन् । 

‘मलाई पोखराले धेरै माया गरेर यहाँसम्म ल्याई पु¥याएको हो । र, तीनै पोखरेली दाजुभाइको बीचमा आज म कन्सर्ट लिएर आउन पाउँदा निकै खुशी पनि छु ।’ कार्यक्रमको सुरुवातमै लामाले भने ‘मेरो यो साँगीतिक शुरुवात मात्र हो । आगामी दिनमा पनि पोखरेली माझ फेरी प्रस्तुत हुनेछ ।’

‘म बिना कसै कसैलाई मुश्किल छ पोखरामा’ बोलको गीत गाएर कन्सर्ट सुरु गरेका लामाले कन्सर्टमा करिब आधा दर्जन गीत गाए । उनले प्रत्येक गीत गाउँदै गर्दा पोखरेलीलाई धन्यबाद समेत दिएका थिए ।

नेपाल आइडल बुद्ध लामासँगै कन्सर्टमा फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशीले देखिएका थिए ।

कार्यक्रमा निशान भट्टराईले ‘आफ्नै गाऊँ फर्कि आएँ’ बोलको गीत गाउँदा दर्शकदीर्घाबाट ‘वान्स मोर’को चर्को हुटिङ आयो । सन्ध्या जोशीले पनि दर्शकलाई नचाउन सफल भइन् । 

करिब ४ घन्टा चलेको कन्सर्टलाई सुशिल नेपाल र निशा पन्थिले होस्ट गरेका थिए । कन्सर्ट सोँचे अनुरुपकै भएको आयोजक मुन्टेज इन्टरनेशनलले जनाएको छ ।
पोखरापछि मुन्टेज इन्टरनेशनलले पुर्वको उर्लाबारीमा कन्सर्ट आयोजना गर्दैछ । साथै यहि कम्पनीले नोभेम्बर ३, ४, ५ र १२ तारिखमा यूकेका विभिन्न शहरहरुमा पनि यहि कम्पनीले नेपाल आइडलको कन्सर्ट आयोजना गर्न लागेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप