बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरो अंकले बढ्यो सेयर बजार

सोमबार, ३० असोज २०७४, १६ : १३
सोमबार, ३० असोज २०७४

काठमाडौँ -धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६।६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो । 

दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको विश्लेषण गरिएको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०।२१ बिन्दुले उकालो लागेको छ । कूल १६३ कम्पनीको १४ लाख ५६ हजार ६३७ कित्ता सेयर रु ६० करोड ५० लाख सात हजार ६१४ मूल्यमा खरिद बिक्री भएको हो । 

स्टकका अनुसार बैंकिङ ४८।६६, होटल ७८।०५, विकास बैंक ५७।३६, जलविद्युत् ५२।५५, वित्त क्षेत्र ९।९, बीमा समूह २६४।७५ र अन्य समूह ०।२८ बिन्दुले बढ्दा व्यापार क्षेत्र भने ४।२२ बिन्दुले ओरालो लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप