सर्वोच्च जानुअघि सिंहदरबारमा विपक्षी दल प्रारम्भिक छलफलमा
शनिबार, ०८ जेठ २०७८, १६ : ३१

काठमाडौं । विपक्षी गठबन्धन राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च जाने विषयमा प्रारम्भिक छलफलमा जुटेको छ । शनिबार अपरान्ह साढे ४ बजेपछि नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक छलफल भइरहेको छ । त्यसको संयोजन काँग्रेस केन्द्रीय सदस्य तथा कानुनी विषयका जानकारी रमेश लेखकले गरिरहेका छन् ।
बहुमत सांसदहरुले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा तयारी गर्न प्रारम्भिक छलफलमा जुटिएको लेखकले रातोपाटीलाई जानकारी दिए । उनकाअनुसार भोलि नै सम्भवत सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिइने छ । प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसद विघटन गरेकाले सर्वोच्चले संसद पुनःस्थापना गर्ने पनि लेखकको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा
-
गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ
-
आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने
-
राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको टोली उड्यो म्यानमार
-
रास्वपामा सभापति लामिछानेले चाहेको ‘म्यासिभ रिफर्म’ के हो ?
-
बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा (तस्बिरहरू)