शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रा मन्त्रीहरु विनाविभागीय भएपनि सरकारबाट बाहिरिँदैनन् : रायमाझी

सोमबार, ३० असोज २०७४, १७ : ३८
सोमबार, ३० असोज २०७४

काठमाडा । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु विना विभागीय भएपनि सरकार नछोड्ने र निर्वाचनसम्म साथ दिने प्रतिबद्धता जनाएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले भने,‘हामी र कांग्रेसवीच भएको प्रतिबद्धता अनुसार नै हाम्रा मन्त्री साथीहरु सरकारमा रहनुहुन्छ, अब जहाँसम्म प्रधानमन्त्री शेरबहादुरजीले के गर्न खोज्नुभएको हो ? त्यो चाहीँ बुझिएन्, उहाँले राख्न खोज्नुभएको हो कि, हटाउन खोज्नुभएको हो कि विना विभागीय बनाउन खोज्नुभएको हो कि, खै के गर्न खोज्नुभएको हो, त्यो बुझ्न सकिएन, यदि उहाँले निर्णय लिनुभयो भने हामी पनि त्यही अनुसार निर्णय लिन्छौं, अहिलेलाई हामीले निर्वाचनसम्म साथ दिने निर्णय गरेका छौं ।’

साक्षात्कारमा नेता रायमाझीले आफ्ना पार्टीका मन्त्रीहरुले विना विभागीयकै रुपमा भएपनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म साथ दिने विश्वास दिलाएका हुन् । उनले थपे,‘हामी त सहमतिबाट एक ईन्चपनि तल हुँदैनौं, तर प्रधानमन्त्रीले धोका दिनुभयो, उहाँले गलत गर्नुभयो ।’

उनले विचार र सिद्धान्त मिल्ने पार्टीहरुवीच धुव्रीकरण हुनु खुशीको कुरा भएको धारणा राखे । उनले भने,‘वामपन्थी विचार धारा बोकेका पार्टीहरु मिल्नु खुशीको कुरा हो, यो मेरो लागि गर्वको विषय हो, यो राष्ट्रले अब एक सय वटा पार्टी धान्न सक्दैन्, न त जनताले नै धान्न सक्छन्।’ उनले राष्ट्रको अबको लक्ष्य आर्थिक समृद्धि हाँसिल गर्नु भएकोले मुलुकमा धेरै पार्टीको आवश्यकत्ता नरहेको स्पष्ट पारे । 

उनले वामपन्थी शक्तिहरुवीचको एकता प्रयासबाट कोही पनि आँतिन नहुने धारणा राखे । उनले भने,‘हाम्रो एकता प्रयासबाट कोही पनि आँत्तिन जरुरी छैन, न त तर्सिन नै जरुरी छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप