शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

असंवैधानिक कदमका विपक्षमा उभिन पत्रकार महासंघको अपील

शनिबार, ०८ जेठ २०७८, १२ : ३७
शनिबार, ०८ जेठ २०७८

नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमका विपक्षमा उभिन अपील गरेको छ । 

महासंघले संविधानमाथि निर्मम प्रहार रोक्नका लागि प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गरेको हो। 

प्रतिनिधिसभा विघटन गर्ने निर्णयले देशलाई गम्भीर संकटमा पारेको बताएको छ । राष्ट्रपतिबाट संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको नेपाल पत्रकार महासंघले जनाएको छ ।   

महासंघले जनतालाई संविधान प्रतिकूल चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार, अस्पतालमा बेड र अक्सिजन चाहिएको अवस्थामा मध्यरातमा चुनावको सिफारिस गर्नु  जालझेल पूर्ण कदम भएको बताएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै सम्माननीय राष्ट्रपतिबाट चालिएको  नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्था विरुद्धको प्रहार हो । 

महासंघले राष्ट्रपतिले पछिल्लो दुई दिनमा चालेका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा भएको ठहर गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप