संसद विघटनबारे आगामी रणनीति तय गर्न विपक्षीको संयुक्त बैठक बस्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै छ । शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए ।
खाणका अनुसार बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष राष्ट्रिय जनमोर्चा सहभागिता रहने छ । उक्त गठबन्धनले हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकार गठनका लागि दाबी पेस गरेका थिए । तर राष्ट्रपतिले दुबैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषण गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकेकी छन् ।
प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धन बैठक बस्न लागेको खाणको भनाइ छ ।
उनले भने , 'उहाँको कदमले संविधानलाई गम्भीर आघात पुर्याएको छ । संविधान र लोकतन्त्र रक्षाका लागि बैठकले अग्रसरता लिन्छ । त्यसका लागि हामी छलफल गर्दै छौं ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ
-
आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने
-
राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको टोली उड्यो म्यानमार
-
रास्वपामा सभापति लामिछानेले चाहेको ‘म्यासिभ रिफर्म’ के हो ?
-
बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा (तस्बिरहरू)
-
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता