देशघाती जोडी यत्तिमै रोकिने वाला छैनन्, प्रतिरोध गरौं : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले र राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि आफ्ना भनाई सार्वजनिक गर्दै नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको बताएका छन् ।
महामारीमा समेत अधर्म गर्न सक्ने देश घाती जोडी यतिमै नरोकिने भन्दै नअलमलिई, खुट्टा नकमाई सचेत नागरिकको साथ राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्–‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहि र त्यतिमै रोकिने वाला छैनन् ।
नेतागण, नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण