शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटकको संख्यामा वृद्धि

सोमबार, ३० असोज २०७४, १५ : ०७
सोमबार, ३० असोज २०७४

कञ्चनपुर -पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । 

वनवसा पुल खुल्ने समयावधि बढेपछि तेस्रो मुलुकका पर्यटकको आगमनमा वृद्धि भएको हो । 

अध्यागमन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार चालू आवको सेप्टेम्बर महिनासम्म सीमा नाका भएर एक हजार ९६८ विदेशी पर्यटक भित्रिएका छन् । सोही नाका भएर एक हजार ३३८ पर्यटक बाहिरिएका छन् । 

गत वर्षको यसै अवधिमा एक हजार ३०० पर्यटक भित्रिएका थिए । सन् २०१६ को डिसेम्बरसम्म दुई हजार ५८२ पर्यटक भित्रिएका थिए भने एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । अमेरिका, अष्ट्रेलिया, जापान, स्पेन, इजरायल, चीनलगायत देशका पर्यटक भारतका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनपछि यहाँ आइपुग्ने गरेको अध्यागमन कार्यालयका सूचना अधिकारी माधवप्रसाद जोशीले बताउनुभयो । 

“पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो । नेपालका विभिन्न हिमालको सौन्दर्यता नियाल्न, पदयात्रामा निस्कन, परम्परागत कला र संस्कृतिको अवलोकन पर्यटक यहाँ आउने गरेका छन् । सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय सम्भावना भएका धेरै पर्यटकीयस्थल रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप