उपेन्द्र यादव पक्षका १२ जना सांसदलाई कारवाही गरिने पत्र राष्ट्रपति कार्यालयमा
शुक्रबार, ०७ जेठ २०७८, २० : ५०

जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जनालाई मान्यता नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको छ । जसपा नेपालका संसदीय दलका नेता राजेन्द्र महतोले लेखेको पत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो दलबाट १२ जनाले गरेको हस्ताक्षर गर्ने सांसद्लाई पार्टीले कारवाहीको प्रकृया अगाडि बढाएको हुनाले सो हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन् ।
जसपा नेपालका उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा १२ जना सांसदको हस्ताक्षर बुझाएका थिए । यता, जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीको समर्थनमा पार्टीका ३२ जनाको नामसहितको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त