बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले अब पनि ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह हो : नैनसिंह महर

शुक्रबार, ०७ जेठ २०७८, २० : ३८
शुक्रबार, ०७ जेठ २०७८

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको दिवालियापनले संविधान ध्वस्त पार्ने र देशलाई संकटको बाटोमा लैजाने निश्चित भएको टिप्पणी गरेका छन् ।

महरले धारा ७६ को ५ अनुसार  सरकार बनाउने आधार काँग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर सहित राष्ट्रपतिलाई  पेश गरेको दुनियाँ र कानुनका अगाडि जगजाहेर भएको बताएका हुन् ।  

यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दावी गर्न जानु अनैतिक भएको बताए । ओलीसँग संवैधानिक, कानूनी, नैतिक र राजनितिक कुनैपनि आधारमा नभएको महरको जिकिर छ ।

यस्तो अवस्थामा राष्ट्रपति भण्डारीले अब पनि  केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह भएको महरले बताए ।

उनले भने, 'अब पनि केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह हो । प्राविधिक रुपमा महाभियोग लगाएर अयोग्य घोषणा गर्न दुई तिहाई सांसद संख्या नपुग्न सक्छ तर राष्ट्रपति र प्रधानमन्त्रीको कृयाकलाप कारण आजित जनताको वेगले (आन्दोलनले) सरकारी आवासबाटै घिसारेर सडकमा ल्याउने अवस्था आउँदैछ ।'

सत्ता र भत्ताको मोह छोडेर जनताको नासो जनताकै माझ हस्तान्तरण गर्नु आवश्यक रहेको नेता महरको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप