शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले सांसदमाथि कारवाही गरेको पत्र शीतल निवासमा

शुक्रबार, ०७ जेठ २०७८, २० : २४
शुक्रबार, ०७ जेठ २०७८

काठमाडौं । नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदमाथि कारवाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ ।  एमालेका केन्द्रीय सदस्य समेत रहेका एमाले केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे ।

पत्रमा एमाले संसदीय दलको सदस्य भएर पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको बुझिएकाले मान्यता नदिन भनिएको छ ।  ‘उहाँहरु संसदीय दलको सदस्य हो । एमाले संसदीय दलको सदस्य भनेको एमालेकै सदस्य हो र अन्त कतै सहि गरेको छ भने हामी छानविन गर्दैछौ भनेर भनिएको छ’ तामाङ ले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप