योगेशले भने- जीवनकै सबैभन्दा कठिन दिन आज
शुक्रबार, ०७ जेठ २०७८, २० : ०९
३

नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नो राजनीतिक जीवनकै कठिन दिन आज भएको बताएका छन् । एमालेको माधव पक्षका २६ सांसदले विपक्षी गठबन्धन नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपनि भट्टराईले भने गरेका थिएनन् ।
उनले एमाले एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका थिए । सोही प्रसंगलाई लिएर भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी