बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डको १५ शहरमा ‘प्रेमगीत २’

सोमबार, ३० असोज २०७४, १४ : ५१
सोमबार, ३० असोज २०७४

काठमाडौं –केही पहिले सार्वजनिक प्रदर्शित ब्यवसाहिक सफल चलचित्र ‘प्रेमगीत २’ थाइल्याण्डको बिभिन्न १५ शहरमा प्रदर्शन हुने भएको छ । थाइल्याण्ड निवासी नेपाली दर्शकको माग अनुसार चलचित्र ‘प्रेम गीत २’ थाइल्याण्डमा प्रदर्शन हुन लागेको हो ।
चलचित्र प्रदर्शनका लागि निर्माता सन्तोस सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री अस्लेशा ठकुरी लगायत टोली अहिले थाइल्याण्ड पुगेका छन् ।‘प्रेम गीत २’ सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेलको रुपमा बनेको हो ।
प्रेमकथामा बनेको यो चलचित्र नेपाल, थाइल्याण्ड र म्यानमारका खिचिएिको छ । चलचित्र आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा सन्तोस सेनले निर्माण गरेका हुन् ।
रामशरण पाठकले निर्देशन गरेको चलचित्रका ओम गुरुङ सहनिर्माता हुन् । बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन, पुरुषोत्तम प्रधानको छायाँकन, निर्देशक पाठककै पटकथा र संवादले भरिएको चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप