शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मैले प्रधानमन्त्रीबाट ‘ह्याण्ड्स अप’ गरिसकेँ : प्रधानमन्त्री

शुक्रबार, ०७ जेठ २०७८, १४ : ०७
शुक्रबार, ०७ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट गरेका छन् । संविधानमा राजीनामा दिनैपर्छ भन्ने अवस्था नरहेकाले आफूले राजीनामा नदिएको उनको भनाइ छ । 

अर्को प्रधानमन्त्रीले शपथ गरेको बखत आफू स्वतः पदमुक्त हुने शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले जिकिर गरे ।  ओलीले आफूले पदबाट ह्याण्ड्स अप गरिसकेको पनि बताए । उनले भने, ‘अर्को प्रधानमन्त्री बन्न बाटो खुलिसकेको छ । किनभने मैले नै ह्याण्ड्स अप गरेर खोलेको छु नि । यदि मलाई सरकार चलाउन मन छ भने मैले विश्वासको मतमा जानुपर्छ । म दिक्क भइसके सरकार चलाउन । म दिक्क भैसके  किन विश्वासको मत माग्ने ? अर्को वैकल्पिक सरकार चलाउ भनेर बाटो खोलिसकेको छ । राष्ट्रपतिले मिलेन भन्नु भएको त छैन ।’

उनले अहिलेको अवस्थामा कसैले सहयोग नगरेकाले आफूले सरकार चलाउन नसक्ने बताए बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप