
प्रधानमन्त्रीसँगै बालुवाटारमा देखिए गुण्डा नाइके गणेश लामा (तस्बिरसहित)
काठमाडौं– गुण्डा नाइके गणेश लामा प्रधानमन्त्री शेरबहादुर देउवासँग एउटै मञ्चमा देखिएका छन् । बालुवाटारमा आयोजित कांग्रेस र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीचको पार्टी एकता घोषणासभामा गुण्डा नाइके लामा देखिएका हुन् ।
उनी पार्टी एकता घोषणासभामा प्रधानमन्त्रीको पछिल्लो लहरमा एकै ड्यासमा देखिएका थिए । ड्यासमा लामा बसेपछि प्रधानमन्त्रीका सहयोगीहरुले पत्रकारुको क्यामेरामा नपर्ने गरी छेक्ने प्रयास गरेपनि सम्भव भएन ।
गुण्डा नाइके प्रधानमन्त्रीसँगै देखिएपनि त्यहाँ सहभागि नेता कार्यकर्ता कानेखुसी गरिरहेका समेत देखिन्थे ।
लामा पार्टी एकतासभामा नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्यको हैसियतामा बालुवाटारमा पुगेको बताइएको छ ।
यसो त नेकपा एमालेले समेत अर्का गुण्डा नाइके दीपक मनाङेलाई मनाङबाट प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार नै सिफारिश गरेको छ । जुन विषयले राजनीतिमा अपराधीलाइ माैका दिइएकाे भन्दै अालाेचना भइरहेकाे छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ