प्रधानमन्त्रीसँगै बालुवाटारमा देखिए गुण्डा नाइके गणेश लामा (तस्बिरसहित)
काठमाडौं– गुण्डा नाइके गणेश लामा प्रधानमन्त्री शेरबहादुर देउवासँग एउटै मञ्चमा देखिएका छन् । बालुवाटारमा आयोजित कांग्रेस र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीचको पार्टी एकता घोषणासभामा गुण्डा नाइके लामा देखिएका हुन् ।
उनी पार्टी एकता घोषणासभामा प्रधानमन्त्रीको पछिल्लो लहरमा एकै ड्यासमा देखिएका थिए । ड्यासमा लामा बसेपछि प्रधानमन्त्रीका सहयोगीहरुले पत्रकारुको क्यामेरामा नपर्ने गरी छेक्ने प्रयास गरेपनि सम्भव भएन ।
गुण्डा नाइके प्रधानमन्त्रीसँगै देखिएपनि त्यहाँ सहभागि नेता कार्यकर्ता कानेखुसी गरिरहेका समेत देखिन्थे ।
लामा पार्टी एकतासभामा नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्यको हैसियतामा बालुवाटारमा पुगेको बताइएको छ ।
यसो त नेकपा एमालेले समेत अर्का गुण्डा नाइके दीपक मनाङेलाई मनाङबाट प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार नै सिफारिश गरेको छ । जुन विषयले राजनीतिमा अपराधीलाइ माैका दिइएकाे भन्दै अालाेचना भइरहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण