मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

‘सरकारको दौडमा छैनौँ, माग सम्बोधन गर्ने प्रधानमन्त्रीलाई समर्थन छ’

नागरिकतासम्बन्धी अध्यादेश जारी भयो, संविधान संशोधन गर्न कार्यदल बन्यो  : राजेन्द्र महतो
शुक्रबार, ०७ जेठ २०७८, १२ : ४१
शुक्रबार, ०७ जेठ २०७८

सरकार र जनता समाजवादी पार्टी (जसपा) को महन्त ठाकुर राजेन्द्र महतो पक्षबीच संविधान संशोधन कार्यदल बनाउने सहमति भएको छ । सो सहमति अनुसार सरकारी पक्षबाट विष्णु रिमाल, अग्नि खरेल लगायत र राजपाको तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला लगायत रहेका छन् । सो कार्यदलले विभिन्न पक्षहरुसँग छलफल गरेर संविधान संशोधनका विषयमा प्रतिवेदन दिने राजपा अध्यक्ष राजेन्द्र महतोले उल्लेख गरेका छन् । शुक्रबार सिंहदरबारमा आफू पक्षीय संसदीय दलको बैठकपछि प्रतिक्रिया दिँदै महतोले प्रधानमन्त्री केपी शर्मा ओली आफूले उठाएको माग र मुद्दा सम्बोधन  गर्न तयार रहेको बताए ।

यस्तै आफूले उठाएको माग सम्बोधन गर्दै नागरिकतासम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री ओली सहमति भएको जानकारी दिए । मधेस आन्दोलनका क्रममा पक्राउ परेका १ सय २० जनाको मुद्दा फिर्ता लिएको र अन्य बन्दीहरुको विधि प्रक्रिया पूरा अन्य साथीलाई छोड्ने सहमति भएको उनको भनाइ छ ।

यसैबीच जसपा सरकारमा नजाने नेता महतोले दावी गरेका छन् । आफ्नो माग सम्बोधन गर्ने प्रधानमन्त्रीलाई समर्थन गरेपनि जसपा सरकारको दौडमा नरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप