यो खेलौनासँग किन डराइरहेको छ चीन ?
चीनमा आजकाल एक खेलौनाले बच्चाहरुमाथि जादू नै गरिरहेको छ । धनुष आकारको उक्त खेलौना आइसक्रिम स्टिकले बनाइएको छ ।
तर यो खेलौनाले चीनियाँ पुलिसलाई तनाव दिएको छ ।
चीनियाँ मिडियाका अनुसार चेंगडू, कूनमिंग र हारबीनजस्ता शहरमा यी खेलौनामाथि प्रतिबन्ध गरिएको छ ।
यसका साथै पुलिसले स्कूल नजिकै खोलिएका पसलमा छापा मारिरहेको छ किनभने खेलौना ‘खतरनाक’ भएको बताइएको छ ।
तर बच्चाहरुमाझ यो खेलौनाको ब्यापक माग छ । यसको मूल्य ०.५ युआन अर्थात् करिब सात रुपैयाँ ।
किन तनावमा छन् चीनियाँ आमा–बुवाः
यो खेलौना हेर्दा सानो भएपनि यसको असर यति ठूलो छ कि दाँत कोट्याउने टुथपिकलाई तीर बनाएर मोटो वस्तुलाई पनि प्वाल पार्न सकिन्छ ।
साथै, यदि यसमा सियो राखेर चलाइयो भने कोल्डड्रिंकको क्यानमा पनि प्वाल पार्न सकिन्छ ।
यस्तो अवस्थामा परिवारका सदस्यलाई यसले बच्चालाई नै चोट लाग्ला भन्ने कुरामा चिन्ता छ ।
अहिले पनि अनलाइन बिक्रि भइरहेका छन् यस्ता खेलौनाः
स्थानीय पुलिस यो खेर्लानालाई बच्चाको पहुँचबाट टाढा राख्ने कोसिस गरिरहेका छन् तर केही वेबसाइटमा भने अझै यस्ता खेलौना बिकिरहेका छन् ।
साङ्लो मार्नका लागिः
यद्यपी, यी खेलौनामा मानिसहरुलाई निशाना नबनाउन सल्लाह दिइएको छ ।
तर केही कम्पनीको प्याकेजिङमा यो धनुषलाई साङ्लोलाई निशाना बनाएर मार्न सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल
-
आर्थिक–सामाजिक रूपान्तरणमा एमालेका १३ प्राथमिकता