काठमाडौंको कुन अस्पतालको आइसीयू, भेन्टिलेटर र एचडियूमा संक्रमित कति ?
प्रत्येक दिन आइसियू र भेन्टिलेटरमा उपचार गर्ने बिरामीको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल देशभर कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा गरी २ हजार २ सय ४० उपचाररत छन् ।
१ हजार ७ सय ४८ आइसीयू र ४९२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । बुधबार १ हजार ९ सय ९९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।
यस्तै आईसीयू ४९३ र भेन्टिलेटरमा २०५ जना काठमाडौं उपत्यकाको अस्पतालहरुमा उपचाररत छन् । यस्तै १ हजार ८ सय ८२ जना आइसोलेसनमा छन् ।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू, ९ भेन्टिलेटर र १६७ जना आइसोलेसनमा उपचाररत छन् । श्री वीरेन्द्र अस्पताल छाउनीमा २२ जना आइसीयू, २ भेन्टिलेटर र १९३ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वीर अस्पतालमा ३५ आइसीयू, ६ भेन्टिलेटर र १४९ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू, २० भेन्टिलेटरमा र १२८ आइसोलेसनमा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू, १७ भेन्टिलेटरमा र ९८ जना आइसोलेसनमा उपचाररत छन् ।
त्रिवि शिक्षण अस्पतालमा ५१ आइसीयू, ३१ भेन्टिलेटर र ३२४ आइसोलेसनमा, पाटन अस्पतालमा २८ आइसीयू, १५ भेन्टिलेटर र १५७ जना आइसोलेसनमा, निजामती कर्मचारी अस्पतालमा १३ जना आइसीयू, १ भेन्टिलेटरमा र ६८ जना आइसोलेसनमा उपचाररत छन् ।
यस्तै, भक्तपुर अस्पतालमा ६ आइसीयू, १ भेन्टिलेटर र ५१ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १११ जना आइसोलेसन,ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १६ आइसीयू, ७ भेन्टिलेटर र ३३ आइसोलेसनमा उपचाररत छन् ।
ह्याम्स अस्पतालमा २० जना आइसीयू, १३ भेन्टिलेटरमा र ४५ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा ८२ आइसीयू, ३९ भेन्टिलेटर र २८ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, स्टार अस्पतालमा १४ आइसीयू, ८ भेन्टिलेटर र ४३ जना आइसोलेसनमा, मनमोहन अस्पतालमा ८ आइसीयू, ३ भेन्टिलेटर र ३५ जना आइसोलेसनमा, नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा २० आइसीयू, र ७३ आइसोलेसनमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ४५ आइसीयू, १७ भेन्टिलेटर र १०७ जना आइसोलेसनमा, किस्ट अस्पतालमा १४ आइसीयू, ११ भेन्टिलेटर र २५ जना आइसोलेसनमा, धुलिखेल अस्पतालमा ४५ आइसीयू, ५ भेन्टिलेटर र ४६ जना आइसोलेसनमा उपचाररत गरिहेको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा
-
इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
-
सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको व्यवस्थापन विज्ञ सदस्यमा गंगादत्त जोशी र हिरा बोहरा सिफारिस
-
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने
-
नवजात शिशुसहित सुत्केरीको उद्धार