शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार एजेन्टको परीक्षा स्थगित

शुक्रबार, ०७ जेठ २०७८, १० : ३४
शुक्रबार, ०७ जेठ २०७८

भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्ट छनौटको लिखित परीक्षा स्थगित भएको जनाएको छ ।

कोभिड-१९ बाट सृजित असामान्य परिस्थितीको कारण लिखित परीक्षा स्थगित गर्नु परेको विभागले भनेको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि लिखित परीक्षा स्थगित गरिएको छ । भन्सार विभागले अर्को परीक्षा हुनुभन्दा कम्तीमा १५ दिन अगाडी सूचना गोरखापत्र दैनिक र विभागको वेबसाइटमा प्रकाशन गर्ने पनि जनाएको छ ।

६ सय ६० जना भन्सार एजेन्टको लागि परीक्षा जेठ २२ गते तोकिएको थियो । भन्सार विभागले २० वर्षपछि नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप