प्रधानमन्त्रीको कदमले संसदीय व्यवस्थाको धज्जी उडायो : उपेन्द्र यादव

राष्ट्रिय जनता पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट विहीबार साँझ गरिएको सरकार गठनको २३ घण्टे आव्हानलाई राष्ट्रपतिले भन्दा पनि प्रधानमन्त्रीले चालेको कदमका रुपमा व्याख्या गरे । प्रधानमन्त्रीको यो कदमले संविधान र संसदीय व्यवस्थाको धज्जी उडाएको उनले बताए ।
‘राष्ट्रपतिको आह्वान त त्यो प्रधानमन्त्रीले गरेको हो । प्रधानमन्त्रीको यो कदम संविधानको मूल मर्म र भावना विपरीत छ’ अध्यक्ष यादवले रातोपाटीसँग भने,‘यसले लोकतान्त्रिक प्रणाली र संसदीय व्यवस्था व्यवस्थालाई धज्जी उडाएको छ ।’
अध्यक्ष यादवले अगाडि भने, ‘काम गराइको तौरतरिका हेर्दा यो संविधानको भावनासँग मेल खाँदैन । अन्ततोगत्वा संघीय गणतन्त्रसहितको संविधानलाई नै समाप्त पार्ने हो कि भन्ने आशंका यसबाट उत्पन्न भएको छ ।’
यसबारे शुक्रबार आफ्नो पार्टीका नेता र अन्य पार्टीहरूसँग छलफल चलाएर अगाडि बढ्ने अध्यक्ष यादवले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर