यी मन्त्री जसले सपथ समेत खान पाएनन्
![यी मन्त्री जसले सपथ समेत खान पाएनन्](https://rpcdn.ratopati.com/media/albums/gaurishankar-chaudhari_sp690vcmSn.jpg)
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले मन्त्रीको सपथ समेत खान नपाइ पद गुमाएका छन् । बिहीबार सर्वोच्च अदालतले सांसद पदमा नरहेको व्यक्ति मन्त्री हुनु असंवैधानिक भन्दै बदर गर्न अन्तरिम आदेश दिएपछि सांसद नरहेका ७ मन्त्रीको पद गुमेको हो । जसमध्ये श्रम मन्त्री चौधरीले कोरोना संक्रमण भएका कारण गत बैशाख ३१ गते मन्त्रीमा नियुक्त भएर पनि सपथ खान पाएका थिएनन् । कोरोना संक्रमणको उपचारपछि सपथ खाने इच्छा गरेका चौधरीको चाहना सर्वोच्चको फैसलाले समाप्त पारिदिएको हो ।
माओवादी केन्द्रका पूर्व सांसद रहेका चौधरीसहित अन्य ५ मन्त्रीलाई एमाले प्रवेश गरेपछि पूर्व पार्टीले कारवाही गर्दै सांसद पदबाट मुक्त गरेको थियो । गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएका कारण वैशाख ३० गतेसम्म प्रतिपक्षी दललाई सरकार गठनको समय दिएपनि सो अवधिसम्म सरकार बनाउने दाबी नपरेपछि केपी ओली अल्पमतको सरकारको प्रधानमन्त्रीमा राष्टपतिबाट नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले पूर्व माओवादीबाट आएर सांसद पद गुमाएमा ५ जनासँगै अन्य २ जना गैर सांसदलाई साविककै मन्त्रीमा नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने