शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पार्टी एकीकरण भएको होइन, गच्छदार काँग्रेस प्रवेश गरेका हुन्ः असन्तुष्ट पक्ष

सोमबार, ३० असोज २०७४, १३ : २५
सोमबार, ३० असोज २०७४

काठमाडौं– नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले काँग्रेससँग पार्टी एकीकरण गरेको भनिएपनि त्यही पार्टीमा रहेका नेताहरुले एकीकरण नभएको बताएका छन् । 

केहि पहिले  लोकतान्त्रिक फोरमसँग एकीकरण गरेका दलका नेताहरुले काँग्रेससँग एकीकरण नगर्ने निर्णय गरेको छ । 
लोकतान्त्रिक फोरमसँग एकीकरण गरेका थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारु चौधरीले काँग्रेससँग लोकतान्त्रिक फोरमको एकीकरण नभएको दाबी गर्दै  गच्छदार लगायत केहि नेतामात्रै सो पार्टीमा  प्रवेश गरेको दाबी गरे । 
उनले भने, लोकतान्त्रिक फोरमले काँग्रेससँग एकीकरण गरेको होइन, यस पार्टीका अध्यक्ष गच्छदारलगायत केही नेताहरु प्रवेश गरेका हुन् ।’
३४४ केन्द्रीय सदस्यमध्ये दुईसय भन्दा बढी केन्द्रीय सदस्यहरु आफूहरुसँग रहेको दावी गर्दै उनले चारजना सहअध्यक्षमध्ये सबैजना आफूहरुसँग रहेको समेत दावी गरे ।

 चारजना महामन्त्रीमध्ये तीनजना र २२ जना उपाध्यक्षमध्ये १३ जना आफूहरुसँग रहेको दावी गर्दै थारुले केही बेरमा विज्ञप्ति जारी गरि यसको जानकारी गराउने बताए ।
उनले भने, पार्टी एकीकरण गर्दा दलमा कुनै सल्लाह गर्नुभएको छैन, उहाँले आफ्नो लागि मात्र पार्टी एकीकरण गर्नुभएको छ, जसमा हाम्रो सहमति छैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप