गण्डकीमा भयावह बन्दै कोरोना संक्रमण : एक सातामा २३२ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्य भएको छ । स्वास्थ समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचाररत २१ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए ।
उनका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीका ७, नवलपरासी पूर्वमा ५, स्याङजा ४, गोरखा २, बागलुङ २ र तनहुँका १ जना रहेका छन् । गण्डकी प्रदेशमा बुधबार प्रदेशमा अहिलेसम्मकै धेरै ३० जनाको मृत्यु भएको थियो । प्रदेशमा एक हप्तामा थप २३२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । बैशाख २४ गते ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी २५ गते प्रदेशमा ३ जनाको मात्र मृत्यु भएको थियो । बैशाख २६ मा १२ जना, बैशाख २७ मा १३ जनाको मृत्यु भएको थियो ।
त्यसैगरी बैशाख २८ मा १२ जनाको मृत्यु भएको थियो । २९ गते १६ जनाको मृत्यु भएको थियो । त्यसैगरी बैशाख ३० मा १४ जना र ३१ मा मृतकको संख्या बढेर २३ पुगेको थियो । त्यसैगरी जेठ १ मा मृतकको संख्या घटेर १४ जनामा झरेको थियो ।
त्यसैगरी जेठ २ मा संख्या बृद्धि भएर मृतकको संख्या २८ पुग्यो । जेठ ३ मा गण्डकी प्रदेशमा २४ जनाको मृत्यु भएको थियो । त्यसैगरी जेठ ४ गते १५ जनाको मृत्यु भएको थियो । जेठ ५ गते प्रदेशमै अहिलेसम्मको धेरै ३० जनाको मृत्यु भयो । त्यसैगरी जेठ ६ गते अर्थात आज २१ जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कलाई मूल्याङकन गर्दा प्रदेशमा क्रमश कोरोनाका कारण मृत्यु हुनेको संख्या बृद्धि हुँदै गएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ४७३ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?