शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी पाँच वर्षका लागि कस्तो बाटो तय गर्दैछ चीन ?

सोमबार, ३० असोज २०७४, १३ : १३
सोमबार, ३० असोज २०७४

बेइजिङ । यतिबेला सारा विश्वको ध्यान चीनतर्फ केन्द्रीत रहेको छ । कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) ले आफ्नो १९ औँ राष्ट्रिय कङ्ग्रेस आयोजना गर्दैछ जसले नयाँ नेतृत्वमात्र चयन मात्र गर्ने छैन राष्ट्र विकासको पाँच वर्षे खाका पनि तय गर्नेछ ।

विश्लेषकहरु भन्छन् कङ्ग्रेसमा विस्तृत, रणनीतिक र दूरगामी दिशानिर्देशका विषयहरु उठाइनेछ । चीन यतिबेला विश्वकै केन्द्रविन्दुतर्फ अग्रसर भइरहेको ‘मध्यम समृद्ध समाज’ र आधुनिक समाजवादी देश निर्माणतर्फ लक्षित रहेको छ । 

त्यही भएर पनि यो कङ्ग्रेस चिनियाँ विशेषतासहितको समाजवादको विकासका लागि निकै महत्वपूर्ण समयमा आयोजना हुँदैछ । यसैमा आधारित भएर नै चीनले आर्थिक चमात्कार हासिल गर्नुका साथै असम्भव देखिएका मिसनहरु समेत पूरा गरेको छ ।

चिनियाँ विशेषतासहितको समाजवाद

धेरै पश्चिमा देशहरु ‘ब्रेक लागेको’ अवस्थामा रहेको बेला चीन भने बृद्धि हासिल गर्दै स्थिरतातर्फ अग्रसर छ । यसको कारण भनेको चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवाद नै हो । यो पश्चिमेली व्यवस्थाभन्दा नितान्त फरक रहेको छ जहाँ एकभन्दा धेरै पार्टी आलोपालो नेतृत्व सम्हालिरहेका हुन्छन्, शक्तिका लागि लडिरहेका हुन्छन् ।

‘सन् १९८२ मा आयोजना भएको १२ औँ राष्ट्रिय कङ्ग्रेसदेखि चिनियाँ कम्युष्टि पार्टीले जहिले पनि चिनियाँ विशेषतासहितको समाजवादको नारालाई प्राथमिकता दिएको छ । यो कुरा पार्टीले विगतका चार दशकमा सिकेको छ,’ चिनियाँ कम्युष्निट पार्टीको केन्द्रीय कमिटीको पार्टी स्कूलका प्राध्यापक रहेका सिन मिङले भने ।
दशकौँको तीव्र आर्थिक बृद्धिपछि चीन यतिबेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । सन् २०१३ देखि २०१६ को अवधिमा चीनको कुल ग्राहस्त उत्पादन औसत रुपमा ७.२ प्रतिशतले बृद्धि भएको छ जबकि विश्वको औसत २.६ प्रतिशत रहेको छ भने विकासशील राष्ट्रहरुको ४ प्रतिशत रहेको छ ।

पार्टीको केन्द्रीय कमिटीको पार्टी स्कूलका अर्का प्राध्यापक चेन सुङआङले चिनियाँ राजनीतिक व्यवस्थाको सबैभन्दा मुख्य फाइदा दीर्घकालिन विकास योजना तर्जुमा गर्नसक्नु र त्यसलाई प्रभावकारी ढंगले त्यसलाई कार्यान्वयन गर्नसक्नु रहेको औँल्याए ।

चिनियाँ कम्युनिष्ट पार्टीले परिवर्तन भइरहने राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थामा आफूलाई ढाल्दै आफ्नो प्रतिबद्धता र नीति निर्माणमा भने स्थिर रहँदै आएको चेन बताउँछन् ।

अन्तर्राष्ट्रिय वित्त कोषले मंगलबार मात्र यो वर्ष चीनको आर्थिक बृद्धि ६.८ प्रतिशत हुने बताएको थियो यसले चीनको अनुमानभन्दा शक्तिशाली आर्थिक प्रदर्शन र आर्थिक सुधारको प्रयासलाई प्रतिबिम्बित गर्दछ ।

वर्तमान परिस्थितिमा चिनियाँ विशेषतासहितको समाजवादको विकास नयाँ चरणमा प्रवेश गरेको सिन बताउँछन् । यसका लागि ‘चार विस्तृत योजना’ हरुलाई अघि सारिएको छ । यसमा चार दीर्घकालिन रणनीतिहरु रहेका छन् जसमा मध्यम समृद्ध समाजको निर्माण गर्नु, सुधारको कार्यक्रम लागु गर्नु, विधिको शासन कायम गर्नु र पार्टीको शासनलाई सुदृढ पार्नु रहेका छन् ।

‘चिनियाँ विशेषतासहितको समाजवादमा चीनले हासिल गरेको सफलताले विश्वका विकासशील राष्ट्रहरुलाई आधुनिकरणका लागि नयाँ बाटो बनाइदिएको छ,’

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष रहेका राष्ट्रपति सी जिनपिङले भने ।

पछिल्ला ३० वर्षमा चीनले आफ्ना ७० करोड जनतालाई गरिबीको रेखाभन्दा उठाउन सफल भएको छ । आगामी ३ वर्षमा थप चार करोडलाई गरिबीको रेखाभन्दा माथि उठाइने भनिएको छ यसको अर्थ हरेक मिनेट २० जना जनता गरिबीको रेखाभन्दा माथि उठिरहेका छन् ।

दुई दशकको लक्ष्य
सन् २०२० सम्ममा एउटा मध्यम समृद्ध समाज निर्माण गर्ने चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना जनतासमक्ष वाचा गरेको छ ।

जनताको जीवनशैली सुधार गर्नु केन्द्रीय अधिकारीहरुको प्रमुख एजेण्डा बनेको छ । सन् २०१६ मा प्रतिव्यक्ति आय ७,३११ युआन रहेकोमा वार्षिकरुपमा ७.४ प्रतिशतको औसत बृद्धिसहित सन् २०१६ मा यो २३,८२१ युवान पुगेको छ । सन् २०१७ को पहिलो ६ महिनामा यो ७.३ प्रतिशतले बृद्धि भएको छ ।

पछिल्ला ३० वर्षमा चीनले आफ्ना ७० करोड जनतालाई गरिबीको रेखाभन्दा उठाउन सफल भएको छ । आगामी ३ वर्षमा थप चार करोडलाई गरिबीको रेखाभन्दा माथि उठाइने भनिएको छ यसको अर्थ हरेक मिनेट २० जना जनता गरिबीको रेखाभन्दा माथि उठिरहेका छन् ।

केन्द्रीय अधिकारीहरुका अनुसार एउटा पनि परिवारलाई गरिबीको रेखामुनि राखिनेछैन ।

सन् २०२० सम्ममा मध्यम समृद्ध समाजको लक्ष्य हासिल गरेपछि देशभरका जनता सन् २०४९ सम्ममा आधुनिक समाजवादी राष्ट्र निर्माणमा उत्प्रेरित हुनेछन् । 

‘पहिलो लक्ष्यभन्दा दोस्रो लक्ष्य हासिल गर्न गाह्रो छ किनभने कुनै पनि देशले समाजवादको शुरुवाती चरणमा अधुनिकिकरण हासिल गर्न सफल भएको छैन,’ सिनले भने ।

पार्टीको कठोर शासन
सन् २०१२ को १८ औँ राष्ट्रिय कङ्ग्रेसपछि चिनियाँ कम्युनिष्ट पार्टीले कठोर पार्टी शासन र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिइरहेको छ । विशेषज्ञहरु पार्टीले भ्रटाचारविरोधी अभियानलाई जारी राख्ने र यसको रोकथाम र सचेतनामा बढी ध्यान दिने बताउँछन् ।

‘आगामी पाँच वर्षका लागि चिनियाँ कम्युष्टि पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई जारी राख्नुका साथै भ्रष्टाचार नियन्त्रणलाई पनि उत्तिकै महत्व दिनेछ,’ सिनले भने । उनका अनुसार यसका लागि सैद्धान्तिक ज्ञानमा विशेष जोड दिइनेछ ।

सन् २०१२ को डिसेम्बरमा केन्द्रीय अधिकारीहरुले सरकारी अधिकारीहरुका लागि अनिवार्यरुपमा पालना गर्नुपर्ने आठ बुँदे नियम जारी गरेका थिए । जसमा औपचारिकतावाद, नोकरशाही र असाधारणताजस्ता अनावश्यक कार्यशैली नपनाउन भनिएको थियो । उपहार किन्न वा विदामा जान सार्वजनिक कोषको प्रयोग निषेध गरिएको थियो ।

अहिले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता दिइएको छ । देशभरका २८० भन्दा बढी शीर्ष अधिकारीहरुमाथि अनुसन्धान गरिएको छ जसमा झाउ योङकाङ, बो सिलाई, गुओ बक्सियोङ, सु काइहो, सन जेङकाई र लिङ जिहुवासमेत रहेका छन् ।

‘पार्टीको कठोर शासन जारी रहनेछ,’ राजनीतिक पार्टीको भविष्य जनताले चाहने वा नचहाने विषयसँग जोडिएको भन्दै सीले भने ।

विन–विन सहकार्यमा आधारित कुटनीति

चीन विश्वव्यापी शासन सुधारमा सक्रिय रुपमा सहभागी हुनेछ र चिनियाँ ज्ञान विश्वलाई दिनेछ ।

विन–विन सहयकार्यमा आधारित भएर नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने नीति सीले अघि सारेका छन् ।

सबै देश, साना वा ठूलो, को विकासको अधिकार र राजनीतिक हैसियत समान हुने धारणा चीनको रहेको छ  । समान विश्वको यो परिकल्पतासहित सहित बेल्ट एण्ड रोड पहलको अवधारणा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पमा सामेल गरिएको छ ।

चीनले सन् २०१३ देखि २०१६ मा विश्वको विकासमा औसतरुपमा ३० प्रतिशत योगदान पुर्याएको थियो । जुन अमेरिका, युरोजोन र जापानभन्दा पनि सबैभन्दा ठूलो हो ।

यतिबेला विश्वव्यापीकरणविरोधी शक्ति उदयमान रहेको छ भने केही पश्चिमा राजनीतिक व्यवस्थालाई धक्का लागिरहेको छ । यस्तो अवस्थामा चीनले व्यापार उदारीकरण र आर्थिक विश्वव्यापीकरणका साथै विश्व शासन र बहुपक्षीयताको विकासका लागि प्रमुख भूमिका खेल्ने प्रष्ट छ ।
सिन्ह्वाबाट अनुवाद गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप