शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचन अपडेट : १२ जनाले भोट हाल्न बाँकी

बिहीबार, ०६ जेठ २०७८, १४ : २९
बिहीबार, ०६ जेठ २०७८

राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म १२ जनाले मात्रै भोट हाल्न बाँकी छ । भोट दिन बाँकी रहेकामा प्रदेशसभाका ६ जना र स्थानीय जनप्रतिनिधितर्फ ६ जना छन् । मतदान गर्ने समय दिउँसो तीन बजेसम्म तोकिएको छ ।

राप्रपा सांसद रिता माझी र रीना गुरुङ मतदानस्थलमा पुगिसकेका छैनन् । एमाले सांसद बेलिमाया घले पनि मतदानस्थलमा पुगेकी छैनन् । उनीहरु काठमाडौंबाट हेलिकोप्टरमा आउने भनिए पनि गाडीबाटै आइरहेको स्रोतले बतायो ।

विवेकशील साझा पार्टीका तीनजना सांसदले यसअघि नै मतदान नगर्ने घोषणा गरिसकेका छन् ।

दोलखाका एकजना एमाले जनप्रतिनिधिले कसैलाई पनि भोट नदिने भन्दै आउन नमानेको एक नेताले बताए । 

स्थानीय तहका ६ जना मतदाताले अहिलेसम्म मतदान गर्न बाँकी छ । दाेलखाको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी काेराेना संक्रमित भएर उपचाररत भएकाले भाेट हाल्न जान नसकेको राताेपाटीलाई बताएकी छन् ।

राष्ट्रियसभाको उपनिर्वाचनमा प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा दिउँसो २ बजेसम्म ३३५ जनाले मतदान गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप