बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मध्याह्नसम्म ३०१ मत खस्यो, ४४ जनाले मतदान गर्न बाँकी

बिहीबार, ०६ जेठ २०७८, १२ : ५४
बिहीबार, ०६ जेठ २०७८

हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत धमाधम मतदान भइरहेको छ । हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा मध्याह्नसम्म ३०१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

तीनवटा मतकेन्द्रमध्ये प्रदेशसभा सांसदका लागि छुट्याइएको ‘क’ मा ८८ जनाले, स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्याइएको ‘ख’ मा १८९ जनाले र कोभिड संक्रमित मतदाताका लागि छुट्याइएको ‘ग’ मतकेन्द्रमा २४ जनाले मतदान गरेका हुन् ।

३४७ मतदातामध्ये विवेकशील साझाका तीन जनाले मतदान नगर्ने भएका छन् । योसँगै अब ४३ जनाले मतदान गर्न बाँकी छ । मतदानका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप