शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डम्पिङ्ग साईट बन्यो नवलपरासीको दशगजा क्षेत्र

सोमबार, ३० असोज २०७४, १२ : २९
सोमबार, ३० असोज २०७४

परासी–नवलपरासीको दशगजा क्षेत्र फोहोर मैलाले प्रदुषित बनेको छ । सीमामा बसेका व्यपारी र स्थानीयले दशगजामा फोहोर फाल्ने गर्दा दशगजा दुर्घन्धित एवं प्रदुषित बन्न पुगेको हो ।
जिल्लाको मुख्य नाका महेसपुर र छोटी नाका, भुजहवा, बिसुनपुरा, झुल्नीपुर लगायत क्षेत्रका दशगजामा स्थानीयबासी एवं ब्यापारीका लागि डम्पिङ्ग साईड बनेको हो । 

व्यपारीहरुले दशगजामै माछामासु, तरकारी, फलफुल लगायत साना हाटबजार समेत संचालन गरि त्यसबाट निस्कने फोहोर दशगजामै फाल्ने गरेका छन् । कतिपयले त दशगजामै गाउँको ढलनिकास र फोहोर बिर्सजन गर्ने तथा दिशापिसाब समेत गर्ने गरेको प्रतापपुर गाउँपालिकाका अनिल यादवले बताए । 
प्रदुषित दशजगाको दुर्गन्धले स्थानीयहरु विभिन्न रोगका सिकार भएका छन् । उक्त बाटो भई नेपाल भारत आवत जावत गर्ने यात्रुहरु समेत समस्या भोग्न बाध्य छन् । 

नेपाल भारतको सम्बेदनशिल क्षेत्रमध्ये दशगजा (सिमा) प्रमुख क्षेत्र मानिन्छ । सिमाको रेखाङ्कन प्रष्ट भएपनि दशगजासंग जोडिएका घरका अधिकांश भारतीय एवं नेपालीले निजी प्रयोगका लागि छाप्रो र टहरा समेत बनाएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप