बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कलिउड नाइट (फोटोफिचर)

सोमबार, ३० असोज २०७४, १२ : २५
सोमबार, ३० असोज २०७४

अमेरिका –अमेरिकाको वासिन्टन डिसिमा नेपालका राष्ट्रिय कलाकार सहितको एक भब्य कार्यक्रम ‘कलिवुड नाइट २०१७’ आयोजना भयो । कार्यक्रममा नेपालका चर्चित कलाकार दीलिप रायमाझी, जीवन लुइटेल , झरना थापा र महाआमा (सुपर मम)को प्रस्तुति विशेष बन्न पुग्यो ।
कार्यक्रमको सुरुवात अमेरिकामै जन्मिएका नेपाली किशोरीहरुले तिहारको ‘भैलिनी गीत’ र ‘मखमली चोली चाँहिदैन’बाट गरेको थिए । यी गीतमा ति किशोरिहरुले नृत्य समेत देखाए ।
त्यसपछि अभिनेता दीलिप रायमाझी र कलाकार सुनिक्षा मैनालीले चर्चित गीत ‘कुटुमा कुटु सुपारी दाना’मा नृत्य देखाए । ‘मलाई छम छम नाच्न मन लाग्यो’ गीतमा पहिलो प्रस्तुति दिएकी अभिनेत्री झरना थापाले दोश्रो गीतमा अभिनेता जीवन लुइँटेलसँग अर्काे पटक पनि कम्बर मर्काइन् ।
अभिनेता जीवनले लुना श्रेष्ठसँग ‘मेरो लाहुरे आउछ रे’, ‘म त मर्छु पो क्या हो ठुली’ लगायतका गीतमा नृत्य गरे । यो नृत्यमा दर्शकले सिट्ठी र तालीले समेत दिएका थिए । 
कार्यक्रममा प्रथम नेपाली तार दीपक लिम्बुले ‘मैले माया गर्न जानिनँ होला’ र ‘हेन्डसम हेन्डसम कान्छा’ लगायत दुई गीत गाए, भने अभिनेता राजबल्लव कोइरालाले कविता प्रस्तुत गरे ।
हाँस्य कलाकार रतन सुबेदीको हवल्दारको प्रस्तुति र रातो भाले क्वायाक क्वायक सुत्केरीलाई ख्वाए गीत समेत दर्शकको मनोरन्जक खुराक बन्यो ।
अर्का हाँस्यकलाकार गोपाल नेपाल (फिस्टे) र पुस्कर पन्तको प्रहसन कार्यक्रममा बिशेष थियो । कार्यक्रममा लोक गायक रामप्रसाद खनाल, कलाकार राजेश नाथ (बैतडी बाजे) तथा अन्य केहि स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिएका दिन भ्याए ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप