शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बन्ने भो चलचित्र ‘अमेरिका बोइज’

सोमबार, ३० असोज २०७४, १२ : २२
सोमबार, ३० असोज २०७४

काठमाडौं –कमेडी जनरामा निर्माण हुने चलचित्र ‘अमेरिका बोइज’को घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको निर्माण बिभिन्न पक्षबारे जानकारी दिदै चलचित्र निर्माण घोषणा भयो ।

प्रवेश पौडेलको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दीप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । पौडेललको यो डेब्यु चलचित्र हो । उनले यस अगाडि केही चलचित्रमा सह–निर्देशक भएर काम गरेका छन् । 

तिहारको लगत्तै छायाँकन सुरु हुने चलचित्रको प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता हुन् । चलचित्र दुई करोड लागतमा निर्माण हुन लागेको बताइएको छ । 

इन्द्र प्रसाद खरेल र डम्बर चन्द निर्माता रहेको चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् । दीपक आरजे र जयन जेवाइवाको संगीत, सुनिल क्षत्रीको कोरियोग्राफी रहने चलचित्र नयाँबर्षको १४ बैशाखमा  रिलिज हुनेछ । 

–‘अमेरिका बोइज’ नाम भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बनाउन लागेको निर्देशक पौडेलले कार्यक्रममा बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप