केजरीवालको टिप्पणीप्रति सिङ्गापुरको चासो

एजेन्सी । सिङ्गापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ सङ्क्रमणलाई भारतीय अधिकारीले सिङ्गापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार ट्वीट गरेर सिंगापुरमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको र सो भेरियन्ट बालबालिकामा जोखिमपूर्ण रहेको भन्दै हवाई सेवा बन्द गर्नु पर्ने बताएका थिए ।
भारतीय उच्चायुक्तलाई सिंगापुरले केजरीवालको टिप्पणीप्रति चासो व्यक्त गरेको भारतको विदेश मन्त्रालयले बुधबार जानकारी गराएको छ । विदेश मन्त्री एस जयशंकरले सिंगापुरका सम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको टिप्पणीलाई अनधिकारिक बताएका छन् । उनले सिंगापुरस्थित भारतीय उच्चायोगले यस बिषयमा केजरीवालसँग कोरोना भाइरसको भेरियन्ट वा नागरिक उड्डयन नीति सम्बन्धमा बोल्ने अधिकार नरहेको जानकारी सिंगापुर सरकारलाई बताएको छ ।
विदेश मन्त्री एस जयशंकरले विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्वीट रिट्वीट गर्दै लेखेका छन्, “सिंगापुर र भारत कोभिड–१९ को लडाईँमा बलिया साझेदार हुन् । लजिष्टिक हब र अक्सिजन आपूर्तिका लागि सिंगापुरले निर्वाह गरेको भूमिकाको भारत प्रशंसा गर्दछ । हाम्रो सहयोगका लागि सिंगापुरले सैन्य विमान पठायो र यसले नै हाम्रो सम्बन्ध कति खास छ भन्ने स्पष्ट गर्छ ।”
यस्तो टिप्पणीले लामो समयदेखिको मित्रवत सम्बन्धमा असर पर्ने तर दिल्लीका मुख्यमन्त्रीको वक्तव्य भारतको भनाई नभएको विदेशमन्त्री जयशंकरले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले दियो हसिनाको घरसमेत १२४ बैंक खाता रोक्का गर्ने आदेश
-
दोस्रो विरोधको सूचनाबारे धारणा राख्न उपस्थित भए सुवाल
-
मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु
-
उद्योग क्षेत्र समृद्धिको बाटोमा छ : उद्योगमन्त्री भण्डारी
-
क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माण : चारवटा प्याकेजमा ठेक्का, एउटा प्याकेज जाइकालाई दिइने
-
महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी