उद्योग परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण
नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्यतथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिन्डर हस्तान्तरण गरेको छ ।
यसैगरी परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।
स्वास्थ्य मन्त्रालयमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्यतथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले विपदको समयमा सहयोगका लागि परिसंघलाई धन्यवाद दिए । अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गर्न पाउँदा खुशी खुशी लागेको बताउँदै परिसंघका अध्यक्ष्य सतिशकुमार मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । सो अवसरमा अध्यक्ष मोरले संकटमा निजी क्षेत्रको तर्फबाट परिसंघ सधै सरकारको साथमा रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
-
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
-
१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म
-
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
-
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल
-
मेयर कप भेट्रान फुटबल आयोजना हुने