शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कन्दरा व्याण्डसँगै केन्जल, सुनिल र छेवाङले भिमाद बजार तताउने

सोमबार, ३० असोज २०७४, १२ : ०५
सोमबार, ३० असोज २०७४

तनहुँ– तनहुँको भिमाद बजारमा नेपालको चर्चित कन्दरा व्याण्डले लाइभ प्रस्तुति दिने भएको छ ।

 व्यास इन्टरटेनमेन्टद्धारा कार्तिक १ गते युवा रंगशाला भिमादमा आयोजित कन्दरा व्याण्ड लाईभ इन कन्सर्ट २०७४ मा कन्दराले लाईभ प्रस्तुति दिने भएको हो । 

आयोजक गणेश सुवेदीका अनुसार कन्दरासँगै चर्चित गायक सुनिल गिरी, छेवाङ लामा र पछिल्लो समय नेपाल आइडलमार्फत ख्याति कमाएकी गायिका केन्जल मेहर श्रेष्ठको प्रस्तुति रहनेछ । हंगकंग पोखरा, तगारोमा रूमाल राखी, भेडी गोठैमा जस्ता चर्चित गीतहरू कन्दरा ब्याण्डका हुन् । 

कन्सर्टको सहयोगी संस्थाको रुपमा युथ क्लब अफ भिमाद, नेप्जिल अमेरिकन कन्भेन्सन, जगननाथ कपडा पसल, गुनी एण्ड सन्स भिमाद रहेको छ । यस्तै भिमाद ड्राइभिङ एण्ड प्रि टेस्ट सेन्टर, होटल सनराइज भिमाद र इन्जो मिडिया काठमाडौं पनि सहयोगी संस्था हुन् ।
 

   ब्यास इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको कन्दरा लाईभ कन्सर्टमा नेपालकै चर्चित ‘द कार्टुन कृउ’को समेत प्रस्तुती रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप