शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

शंकर पोखरेलको नियुक्तिविरुद्ध चार दलले रिट दायर गर्ने

बुधबार, ०५ जेठ २०७८, १६ : २८
बुधबार, ०५ जेठ २०७८

 

 लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै विपक्षी दलहरुले सर्वोच्चमा रिट दर्ता गर्ने भएका छन् ।

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी चार दलीय गठबन्धनको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सामेल थिए ।

प्रदेश प्रमुख धर्मराज यादवले गत वैशाख १९ गते पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनको नियुक्ति संविधानको मर्म र भावना प्रतिकुल रहेको विपक्षी चार दलको तर्क छ ।

प्रदेशसभामा बहुमत गुमाइसकेको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विपक्षी दलहरु प्रदेश प्रमुखसँग रुष्ट छन् । आफूहरुले बहुमतको दावीसहित दिएको निवेदनलाई उपेक्षा गर्दै अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री बनाइएको उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप