शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम, आकर्षण र विछोड भरिएको यस्तो छ ‘रोमियो’ ट्रेलर

सोमबार, ३० असोज २०७४, ११ : ३५
सोमबार, ३० असोज २०७४

काठमाडौं –पछिल्लो समय प्रेमकथामा निर्माण भएका चलचित्रले बजार तताइरहेका छन् । प्रेमकथामै निर्माण भएको अर्काे चलचित्र ‘रोमियो’ पनि हो । २४ कात्तिकबाट प्रदर्शनमा आउँन लागेको यो चलचित्रले पनि ब्यवसाय गर्ने सम्भावना ट्रेलरले देखाएको छ ।

केही दिन अगाडि सार्वजनिक ट्रेलरले चर्चा बढुल्ना सफल भएको छ, भने चलचित्र राम्रो बनेको अनुमान ट्रेलरमा समेटिएका दृश्यबाट पनि लगाउन सकिन्छ ।

एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । ट्रेलरमा मित्रता, प्रेम, आकर्षण र विछोड समेत प्रस्तुत गरिएको छ । 

मेलिना मानन्धर, हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको अभिनय रहेको चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीत समेत अहिले चर्चामा छ । 

सुनिल सन्डे, कुर्वान खान, योगेश काजीको संगीत, अष्ट महर्जनको एक्सन, शिशिर खाती, विपेन गुरुङ, सुरेश न्यौपानेको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, किरण माइकल घिमिरेको लेखन, रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रकी निर्माता आशिका श्रेष्ठ र सह–निर्माता बिष्णु कार्की हुन् ।

– चलचित्रमा निर्धक्क लगानी गरेको र त्यो दर्शकले हलमा पुग्दा देख्ने र चलचित्र दर्शकको रोजाइमा पन निर्माता समेत रहेका हसानले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप