बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाउन्नेको बाँसखोलामा बस खस्दा ४ जनाको मृत्यु, ४९ जना घाइते

बुधबार, ०५ जेठ २०७८, ०९ : ०६
बुधबार, ०५ जेठ २०७८

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् । 

आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो ।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।

दुर्घटनामा परि घाइतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृत्यु भएको, ४९ जना घाइते र ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप