होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान
बुधबार, ०५ जेठ २०७८, ०८ : ०१
सरकारले होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । गत बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार १ हजार शैय्या क्षमताको अर्धअस्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्न एपिजी प्रणालीको मध्येबाट बोलपत्र आह्वान गरिएको छ ।
कोभिड १९ महामारीको परिस्थितिलाई उच्च व्यवस्थापन गरी समयमै निर्माण सम्पन्न गर्नसक्नुपर्ने सर्त राखिएको छ ।
काठमाडौं, कैलालीको गौरीफन्टा, मोरङको मोरङ रानी, बाँकेको जमुनाह, कञ्चनपुरको गड्डाचौकी, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया, झापाको काँकडभिट्टा र पर्साको विरगञ्जमा होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा