शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ संगीताको ‘कमिलाको ताँती..’.

सोमबार, ३० असोज २०७४, ११ : १२
सोमबार, ३० असोज २०७४

काठमाडौं – गायिका संगीता रायमाझीले संगीतप्रेमी श्रोता तथा दर्शकका लागि ‘कमिलाको ताँती’ ल्याएकी छन् । केही दिन अगाडि सार्वजनिक गीत तथा भिडियोले राम्रै चर्चा पाइरहेको छ । गीतको भिडियोमासंगीतासँगै प्रताप दासले पनि अभिनय गरेका छन् । 

लेखु सहयात्रीको शब्द रचना र भीम बिसीको संगीत रहेको गीतले संगीताको सांगीतिक करिअरमा इँटा थप्ने काम गरेको छ । 

दुई वर्षयता गीत संगीतमा उज्वल करिअर खोज्दै आफ्नो मिठो आवाजमा गीत पस्कँदै आएकी संगीताले भनिन्, ‘यो मेरो पछिल्लो भिडियो हो । जसलाई श्रोता तथा दर्शकले रुचाएका छन् । रिजिज भएको धेरै भएको छैन । तर, राम्रै प्रतिक्रिया पाइरहेकी छु ।’

संगीता र प्रतापको ‘कमिलाको ताँती’ गीतलाई बुद्व सायमीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई फार अ–वे इन्टरटेनमेन्टले निर्माण गरेको हो । भिडियोमा रोजिना ठकुरी, शिवदास गुरुङ, मानब थिङ, राजु लामा र सुवोध क्षेत्रीले समेत अभिनय गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप