नुवाकोटमा निषेधाज्ञा १५ दिन थप
कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा लगाइएको निषेधाज्ञा आजदेखि पुनः १५ दिन थप गरिएको छ । गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।
थप तीनको निधन
कोरोना संक्रमित भएर उपचाररत थप तीन जनाको त्रिशूली अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा उपचाररत सूर्यगढी गाउँपालिका–३ की ३१ वर्षीया र किस्पाङ गाउँपालिका–५ की ४२ वर्षीया महिलाको उपचारका क्रममा आज निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरु दुवैलाई अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
यस्तै धादिङ, नीलकण्ठ नगरपालिका–११ का ५५ वर्षीय एक पुरुषको पनि उपचारका क्रममा गए राति निधन भएको छ । निधन भएका नुवाकोटका दुई जना आज थप भएसँगै जिल्लाभित्र कोरोनाका कारण ज्यान गुमाउने १२ र सक्रिय संक्रमित ८२१ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा