बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जो बन्दै छन् विश्वकै युवा राष्ट्रप्रमुख

सोमबार, ३० असोज २०७४, १० : ५५
सोमबार, ३० असोज २०७४

बीबीसी

भियना । अस्ट्रियाको पिपल्स पार्टी आम चुनावमा जीत नजिक पुगेको छ । जुन यतिबेला चर्चाको विषय बनिनरहेको छ ।

किनभने अस्ट्रियामा कन्जर्भेटिभ पार्टी भनेर चिनिने पिपल्स पार्टीको अगुवाई ३१ वर्षीय युवा नेता सबेस्टियन कुर्जले गरिरहेका छन् ।

यदी पिपल्स पार्टीले चुनावमा जीत हासिल गर्यो भने सबेस्टियन विश्वकै सबैभन्दा कम उमेरका राष्ट्रप्रमुख बन्ने छन् ।

चुनावका विश्लेषकहरुका अनुसार पिपल्स पार्टीले ३१ प्रतिशत भोट हासिल गर्न सक्नेछ ।

यद्यपि, दोस्रो स्थानमा सोशल डेमोक्रेट्स वा दक्षिणपन्थी मानिने फ्रिडम पार्टीमध्ये को आउँछ भन्ने यकिन भइसकेको छैन ।

यदी सबेस्टियन कुर्ज बहुमतबाट केही टाढा रहे उनले आप्रवासनविरोधी भनेर चिनिने फ्रिडम पार्टीसँग गठबन्धनको प्रयास गर्न सक्नेछन् ।

आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै सबेस्टियनले भने, ‘यो देशमा अब परिवर्तनको समय आएको छ । हामीलाई जर्बदस्त जनादेश प्राप्त भएको छ । यो देशमा

परिवर्तनका लागि र यसलाई सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

को हुन् सबेस्टियन कुर्ज ?
चुनावको लामो समयअघि सबेस्टियनले अस्ट्रियाका सबैभन्दा युवा विदेशमन्त्रीका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

सन् २०१३ मा यो जिम्मेवारी पाउँदा उनी मात्र २७ वर्षका थिए । सन् २०१७ को मेमा उनले पिपल्स पार्टीको नेतृत्व सम्हाले ।

उनले आफ्नो राजनीतिक करियर पार्टीको युवा संगठनबाट शुरु गरेका थिए । भियनाको सिटी काउन्सिलमा चुनिनुअघि नै उनले युवा संगठनको नेतृत्व सम्हालिसकेका थिए ।

अस्ट्रियाको राजनीतिमा उनलाई ‘वन्डरवुज्जी’ उपनाम दिइएको छ । यसको अर्थ, ‘उनी यस्तो व्यक्ति हुन् जो पानीमा हिँड्न सक्छन् ।’

उनको तुलना फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भइरहेको छ ।

म्याक्रोजस्तै सबेस्टियनले आफ्नो वरिपरि एक नयाँ माहौल तयार गर्न सफल भएका छन् । ३० वर्षदेखि सत्तारुढ पिपल्स पार्टीलाई नयाँ पिपल्स पार्टीका रुपमा पेश गर्न उनी सफल भएका छन् ।

अब के हुनेछ ?
सबेस्टियनले चुनावमा प्राप्त हुने भोटको ठूलो हिस्सा हात पारे पनि बहुमतबाट टाढा छन् । चुनावी भविष्यवाणाी सही साबित भए उनले फ्रिडम पार्टीसँग गठबन्धन बनाउनुपर्नेछ ।

सोशल डेमोक्र्याट्स र पिपल्स पार्टीको गठजोड पछिल्लो समय टुटेको थियो । यसलाई दोहोराउने सम्भावना कम छ ।

यद्यपि, चुनावको पूर्ण नतिजा आएसम्म आफ्नो पत्ता खोल्न सबेस्टियन तयार देखिएका छैनन् ।

उनले मात्र अन्य पार्टीहरुसँग कुराकानी भइरहेको बताएका छन् ।

बिबिसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप