देशभर १५९० संक्रमित आईसीयूमा, १ लाख ७ हजार बढी होम आइसोलेसनमै
देशभर कोरोना संक्रमित बढेसँगै उपचारको उचित प्रबन्धमा हाहाकार भएको छ । अधिकांश संक्रमित होम आइसोलेसनमै रहे पनि देशभरका कोभिड अस्पतालमा बेड पाउन समस्या भएको गुनासो चौतर्फी सुनिँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारको अध्यावधिक विवरणअनुसार ७ हजार ४४७ जना संक्रमित मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । जसमध्ये १ हजार ५९० जना आईसीयू र ३९० जना भेन्टिलेटरमा रहेका छन् ।
त्यसबाहेकका ठूलो संख्या अर्थात होम आइसोलेशनमा बस्नेको संख्या १ लाख ७ हजार बढी रहेको छ । मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार १ लाख ७ हजार ८२ जना होम आइसोलेशनमा रहेका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १० हजार ५२२, प्रदेश २ मा ६ हजार ६६९, बागमतीमा ४७ हजार ८४४, गण्डकीमा ८ हजार २२०, लुम्बिनीमा २२ हजार ९२, कर्णालीमा ४ हजार ७२२ र सुदूरपश्चिममा ७ हजार १३ संक्रमित होम आइसोलेशनमा रहेका छन् ।
यस्तै संस्थागत आइसोलेशनमा बस्नेमध्ये प्रदेश १ मा ८५३, प्रदेश २ मा ६८७, बागमतीमा २ हजार ४६८, गण्डकीमा २६०, लुम्बिनीमा १ हजार २४२, कर्णालीमा ४३० र सुदूरपश्चिममा १ हजार ५०७ जना रहेका छन् । उपत्यकामा २२८ आइसोलेशन बेड गरिएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण