बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमाले कार्यदलले तत्काल आचारसंहिता लागु गर्ने

मङ्गलबार, ०४ जेठ २०७८, २१ : ३०
मङ्गलबार, ०४ जेठ २०७८

 एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ । 
बैठकपछि एमाले नेता भीम रावलले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरेर लागु गर्दै पार्टीभित्रको विवाद समाधान गर्न पहल गर्ने निर्णय गरेको जानकारी दिए । 

‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरको छ’, नेता रावलको भनाइ छ । साथै बैठकले पार्टी एकता र समझदारीलाई बृद्धि गर्न तथा आपसमा अविस्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट पार्टीपंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ । 
अर्को बैठक बुधबार पुन बस्ने रावलले जानकारी दिए ।

पहिलो बैठकमा कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप