शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महन्थको पत्रपछि उपेन्द्र यादव समूहको आपत्ति

मङ्गलबार, ०४ जेठ २०७८, १६ : ३४
मङ्गलबार, ०४ जेठ २०७८

जनता समाजवादी नेपाल (जसपा)को उपेन्द्र यादव समूहले दुई अध्यक्षबीचको सहमति विपरित राजेन्द्र महतोलाई नै संसदीय दलको नेता बनाइएको जानकारी संघीय संसद सचिवालयलाई गराउने काम भएको भन्दै आपत्ति जनाएको छ । 

जसपा नेपालका कार्यकारी सदस्य मोहम्मद इस्तियाक राईले दुईजना अध्यक्षको बीचमा भएको सहमति विपरित पार्टीका वरिष्ठ नेता महतोलाई नै संसदीय दलको नेता रहेको जानकारी गराउने काम अर्को पक्षबाट भएको दावी गरे । उनले भने, 'अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच गुटबन्दी बैठकबाट भएका निर्णय खारेज गर्ने सहमति भएको हो । तर सो सहमति विपरित महतो संसदीय दलको नेतामा चयन भएको भनि अध्यक्ष ठाकुरले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता गराइएको छ, यो पार्टी एकतालाई भाँड्ने नियत हो ।’

पार्टीको एकता कायम राख्न प्रयास हुँदाहुँदै संसदीय दलको बैठकबाट निर्णय भएको भन्दै संघीय संसद सचिवालयलाई जानकारी गराउने कार्य एकता विरोधी हर्कत भएकाले यसलाई अध्यक्ष ठाकुरले सच्याउनुपर्नेमा उनले जोड दिए ।

यादव पक्षका उनले रातोपाटीसँग भने, 'यो पत्र पनि फर्जी रहेको छ, पत्रमा १ गते लेखिएको थियो, आज दुईजना अध्यक्षको बीचमा सहमति हुने वित्तिकै हतारहतारमा १ लाई ४ बनाएर संसद सचिवालयमा दर्ता गराएको देखिन्छ । पत्रमा महन्थ ठाकुरको हस्ताक्षर रहेको छ । दुईजना अध्यक्षबीच वार्ता सुरु हुनुभन्दा पहिला नै सो पत्र तयार गरेर राखेको थियो । यता सहमति भएको विज्ञप्ति जारी हुने वित्तिकै दर्ता गराइएको छ । यसले पार्टी एकतावद्ध नरहन पनि सक्छ ।’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप