एमाले कार्यदलको बैठक ३ बजे सिंहदरबारमा बस्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक आज मंगलबार बस्ने भएको छ । कार्यदलको औपचारिक पहिलो बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको कार्यदल सदस्य रघुजी पन्तले रातोपाटीलाई बताए ।
‘कार्यदलको बैठक तीन बजे सिंहदरबारमा बस्ने कुरा भएको छ’ पन्तको भनाइ छ । यसअघि कार्यदल सदस्य शंकर पोखरेल उपत्यका बाहिर र भिम रावलको आँखामा समस्या आएकाले मंगलबार बैठक बस्ने नबस्ने अनिश्चित रहेको नेताहरुले बताएका थिए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँच–पाँच गरी १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । कार्यदलमा सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल शिक्षकका माग सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी
-
मनाइयो चिसा दिवस, चैतसम्ममा तीन अर्ब ५७ करोड बराबरको निर्यात
-
शिक्षकहरू नाराबाजीमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू फर्किए
-
बयान लिनेसँग मिश्रको ठट्टा : मैले पत्रकार हुँदा सोध्ने प्रश्नभन्दा तपाईंहरुका प्रश्न कडा
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
क्यान्सरको उपचार गराइरहेका ४ वर्षीय बालकलाई समेत ट्रम्पले राखेनन् बाँकी