बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अधिकांश जीवन बिमा कम्पनी नाफामा

धेरैजसो सूचकमा नेपाल लाइफ अगाडि
मङ्गलबार, ०४ जेठ २०७८, १२ : ४३
मङ्गलबार, ०४ जेठ २०७८

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै जीवन बिमा कम्पनीले आकर्षक नाफा गरेका छन् । अधिकांश कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी, खुद बिमा शुल्क लगायतमा आकर्षक बढोत्तरी देखिन्छ । नाफा कमाउनेमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यसको नाफा ८.३६ प्रतिशतले बढेर ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

 

सबैभन्दा धेरै नाफा बढाउनेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । यसको खुद नाफा १४८.३३ प्रतिशतले बढेर १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । सूर्या लाइफले पनि झण्डै ५६ प्रतिशत नाफा गरेको छ ।

स्रोत : सम्बन्धित कम्पनीका प्रतिवेदन ।

नेपाल लाइफको नाफा मात्र होइन  चुक्ता पुँजी  पनि सबैभन्दा बढी छ । यसको चुक्तापुँजी ३१ प्रतिशतले बढेर ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ पुगेको छ । बिमामा सबैभन्दा बढी चुक्ता पुँजी यही कम्पनीको छ । जीवन बिमामा नेपाल लाइफले नेतृत्व गरिरहेको छ । एक वर्षको अवधिमा ९ वटा कम्पनीको चुक्ता पुँजी बढेको छ ।  यता नेसनल लाइफको ३ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । ज्योति लाइफको २ अर्ब २० करोड, प्रभु लाइफको २ अर्ब,  रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यस्तै सूर्या लाइफको २ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानीमा भने सूर्या लाइफ अगाडि देखिएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६ पैसाले बढेर १७ रुपैयाँ १५ पैसा पुगेको छ । एक वर्षको अवधिमा ३ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ४ कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । प्रभु लाइफ, रिलायन्स लाइफ र ज्योति लाइफले  भने यसै वर्ष आईपीओ जारी गरेकाले उनीहरुले गत वर्षको प्रतिसेयर आम्दानी देखाएका छैनन । धेरैजसो सूचकमा आकर्षक प्रगति देखिएको नेपाल लाइफको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ९६ पैसाले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप